कोकाकोलाको 'मन खोलौं कोकसँग' अभियान घोषणा, सन्देश सहितका नयाँ लेबल प्याक सार्वजनिक 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2016 | 02:04:49 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोलाले दशैँ र तिहारलाई लक्षित गर्दै आफुले मायाँ गर्ने व्यक्तिसंग भावना साट्न मन खोलौं कोकसँगभन्ने नयाँ अभियानको घोषणा गरेको छ।  'मन खोलौ कोकसंग' अभियानमा कोकाकोलाले १५ वटा सन्देश सहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ। 

उपभोक्ताहरुले आफुलाई मन परेका व्यक्तिहरुका लागी आफुले चाहेको प्याक खरिद गरी हरेक प्याकका लागी संदेश सहित उपहार प्राप्त गर्न सक्ने छन। यी प्याकहरुले हाम्रा मनपराईएकाहरुसँग आफ्नो भित्रि भावनाहरु व्यक्त गर्न र हामीले भन्न नसेका भावना बाँड्नका लागि अवसर प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।    

 'दशैं आर्शिवाद थाप्ने तथा एक आपसमा जोडिने महोत्सव हो, कोकाकोला आफ्ना उपभोक्ताहरुलाई साथीहरु तथा परिवारसँग जोडिन सहयोग गर्न चाहन्छ । नेपाली इतिहासमा पहिलो पटक कोकाकोलाले, हाम्रो परम्परागत कोक लेबलहरु यो वर्ष हटाएको छ र हरेक मानिसको जीवनलाई प्रभावित पार्ने विशेष सम्बन्धहरु जस्तै दाइ, बुवा लगायतलाई सम्मानले प्रतिस्थापन गरेको छ । ' कोकाकोला नेपालका देशिय निर्देशक अलोक कोहलीले भावना साट्दै भने। 

बोटलर्स नेपाल लिमिटेडका निर्देशक श्री पुनित भार्शनेले १५ वटा फरक बोतल ल्याएर परिवार र साथीलार्इ जोड्ने माध्यम बन्न खोजेको बताए। 'भावनाहरु तपाईँले आफ्ना प्रियजन तथा सम्मानित व्यक्तिहरुलाई दर्शाउन चाहनुहुन्छ, कोका–कोलाले त्यो संदेशसहित तपाईँलाई सहयोग गर्नेछ ।' उनले भने।  


बुधवार पत्रकार सम्मेलन गरी क्याम्पेन सार्वजनिक गरिएको उक्त कार्यक्रममा नेपालभर बितरण गर्ने गरि हरेक अवसरका लागि विभिन्न साइजमा यी प्याकहरु सार्वजनिक गरिएको हो। उपभोक्ताहरुले आउँदो दशैं र तिहारमा आफ्ना प्रियजनहरु तथा कोकाकोलासँग अझ नजिक भएर रमाइलो सँग मनाउनुहोस् भन्ने चाहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved