टेलिकमको होली अफर : यस्ता छन् सुविधा, रिचार्ज गर्दा डाटा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 28, 2018 | 02:25:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई होलि अफर दिएको छ। जीएसएम मोबाइलका ग्राहकहरुले यो अफर फागुन १७ देखि चैत १ सम्म यो अफर खरिद गरि उपभोग गर्न सक्ने टेलिकमले जनाएको छ। 

टेलिकमले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने 'अनलिमिटेड भ्वाइस नाइट कल अफर' उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिन सम्म कल गर्न सकिने छ । 

त्यसैगरी ५० रुपैयाँमा 'अल टाइम अनलिमिटेड डाटा' प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ। डाटा खरिद गरेको २४ घण्टा सम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ । 

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ । १ जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ । 

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म टेलिकमको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । 

होली अफरका विभिन्न प्याक खरिद गर्नका लागि जीएसएम मोबाइलबाट *1415#  डायल गर्न सकिने कम्पनीले जनाएको छ। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved