यी ५ ले पाए सित्तैमा रसियामा बिश्वकप हेर्न जाने अवसर, तपाईपनि जान सक्नु हुन्छ, हेर्नुस कसरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 10:03:15 AM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको पहिलो ५ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुनेछ  भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्ने छन् । साथै हरेक दिन २०० जनाले फिफाको लोगो अंकित बिशेष उपहार जित्न सक्नु हुने छ । 

अहिलेसम्मको घोषित बिजेतामा सिनामङ्गलका शुसिलकुमार शाह, छाउनीका अनिश ठकुरी, बौद्धका ग्याम्सो लामा, कपनका नरेश बिष्ट र स्वयम्भुकी आकृति थकाली रहेका छन् । त्यसैगरी २ जना २४ इन्च टेलिभिजन बिजेतामा भक्तपुरका बिज्ञान अधिकारी र नवलपरासीका नारायण चालिसे रहेका छन् ।  

रसिया ट्रिपका बिजेता मध्यका कपन निवासी नरेश बिष्ट भन्छन् ‘जब मलाई तपाई रसिया जाने बिजेता बन्नु भयो भन्ने फोन आयो मैले सुरुमा विश्वास नै गर्न सकिन । एक हप्ता अगाडि मैले साथीभाईसँग रमाइलो गर्न एउटा जम्बो कोक अर्डर गरेको थिए । जब मैले लेबलमा हेरे त्यहाँ लेखिएको थियो लेबल पछाडि लेखिएको युनिक नम्बरलाई एसएमएस गर्नुहोस् । मैले त्यसलाई एसएमएस गरेँ । आज मेरो सपना पुरा भएको छ । म यो अविस्मरणीय अवसरको प्रतीक्षामा बसी रहेको छु । मेरो सपना पुरा भएकोमा कोकाकोलालाई धन्यवाद दिन चाहन्छु ।’

यदी तपाई पनि यसकै प्रतीक्षामा हुनुहुन्छ हो भने ? छिटो गर्नुहोस् अझै ३५ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउने छन् । साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सक्ने छन्    । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई Coke <Space>  युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved