एचएच बजाजको नयाँ शोरुम बर्दियाको गुलेरियामा शुभारम्भ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2018 | 03:52:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम बर्दिया अटो इन्टरनेस्नल, बर्दियाको गुलेरियामा संचालनमा ल्याएको छ । नेपालमा सबैभन्दा अधिक बिक्री हुने र अधिक विश्वास गरिएको अटोमोबाइल ब्राण्ड मध्येको एक, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड  बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । 

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले बिश्वास लिएको छ । 

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी बर्दियाको गुलेरियामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दियामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान  गर्न प्रतिबद्ध छौं ।’ 

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved