सनराईजले संचालनमा ल्यायो नेपालकै ठूलो इलेक्ट्रोनिक्स शोरुम,टप ब्रान्डका सामानहरु उपलब्ध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 24, 2018 | 09:50:35 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको कुमारीपाटीमा नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुम संचालनमा आएको छ। ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले  उक्त शोरुमको उद्घाटन गरे। 

सनराइज इलेक्ट्रोनिक्स बजार प्रालिको नाममा सञ्चालनमा आएको शोरुमा लोकप्रिय अन्तर्राष्ट्रिय ब्राण्ड एलजी, सामसुङ, गोदरेज, टिसिएल, सिजी, स्काइवर्थ, हाइसेन्स, वालपुलका इलेक्ट्रोनिक्स सामानहरु उपलब्ध छन। 

वर्गफिटको भवनको पहिलो र दोसो तलामा फैलिएको यो शोरुम नेपालकै सबैभन्दा ठूलो भएको कम्पनीका प्रवन्ध सञ्चालक सफाकत अलीले बताए । शोरुम शुभारम्भको अवसरमा ग्राहकहरुलाई विभिन्न इलेक्ट्रोनिक्स ब्राण्ड हरेर १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए । 

अलीले पहिलेदेखि नै कालिमाटीमा सनराइज नेपाल इलेक्ट्रोनिक्स प्रालि नामक अर्को कम्पनीमार्फत एलजीलगायतका इलेक्ट्रोनिक्स सामानहरुको शोरुम सञ्चालन गर्दै आएका थिए । 

बोनस अफरको रुपमा सनराइज इलेक्ट्रोनिक्सले  एक लाख रुपैयाँ भन्दा बढिको खरिदमा १.८ लिटरको राइसकुकर, डेढ लाख भन्दा बढिको खरिदमा एजी डिस्पेन्सर, दुई लाख रुपियाँभन्दा बढिको खरिदमा दुई वटा वर्नर ग्यास स्टोभ र तीन लाख रुपियाँभन्दा बढिको खरिदमा एक हजार चारसय वाटको भ्याक्युम क्लिनर निःशुल्क उपहारको व्यवस्थासमेत गरेको छ । 

उद्घाटन अवसरमा बोल्दै मेयर महर्जनले नगरको विकास र नगरवासीको सुविधाका लागि सनराइज इलेक्ट्रोनिक्स बजार जस्ता शोरुमहरु अरु पनि आवश्यक छ भन्दै यस्ता शोरुमहरु सञ्चालन गर्न महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

(यसमा अन्यथा हुन गएकोमा सच्याईएको)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved