'कोक खाम् रसिया जाम्' योजनाका १७ जना भाग्यशाली बिजेताको नाम घोषणा, अझै २३ बाँकि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 29, 2018 | 08:34:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” अभियान अन्तर्गत १७ जना भाग्यशाली बिजेताको नाम घोषणा गरिसकेको छ । अझै २३ जना भाग्यशाली बिजेताको नाम घोषणा गर्न बाँकी नै छ । चौथोे हप्ताका  ४ भाग्यशाली रसियामा हुने विश्वकप हेर्न जाने बिजेताहरुको नाम घोषणा भएको हो  । बिजेता हुनेमा (बौद्धका फुर्ब शेर्पा , चापागाउँका सानु बाबु कपिल, ठमेलका प्रचण्ड मान बानिया र स्यांग्जाका  आकाश उपाध्याय रहेका छन्। त्यसैगरि यो हफ्ता २४ इन्चको टेलिभिजन जित्ने बिजेता हुनुहुन्छ तिलगंगाका प्रेम चौधरीले जितेका छन्  ।

यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेरे सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्ने छन् । हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित बिशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन्  ।

  अझै २३ जना भाग्यशाली बिजेताले रसिया जाने अबसर पाउने कम्पनीले जनाएको छ । साथै, अझै थुप्रै टेलिभिजन र कोक तथा फिफा लोगो अंकित विषेश उपहारहरु जित्न सकिने भएको छ  । यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको युनिककोड जुन लेबलको पछाडि राखिएको हुन्छ, त्यसलाई { Coke <Space>  युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved