थाइल्याण्डको ‘जिपिएक्स’ मोटरसाइकल नेपालमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 31, 2018 | 10:16:17 AM मा प्रकाशित

laxmi  sunrise bank

थाइल्याण्डको जिपिएक्स ब्राण्डका मोटरसाइकल नेपाली बजारमा पनि विक्रि हुन थालेका छन् । नेपालको लागि जिपिएक्स मोटरसाइकलको आधिकारिक वितरक ओमेगा अटोमोवाइल्स प्रा.ली.ले शुक्रबार एक कार्यक्रम गरी मोटरसाइकलको औपचारिक विक्रि सुरु गरेको हो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले ग्वार्कोमा रहेको मोटरसाईलकको शोरुमबाट विक्रि सुरु गरेका हुन् । 

कम्पनीले अहिले २ सय सिसिको लेजेन्ड, २ सय सिसि जेन्टरम्यान र १५० सिसिको डेमोन मोटरसाईकल बजारमा ल्याएको छ । कम्पनीले जेन्टरम्यानको ३ लाख ९३ हजार, लेजेन्डको ३ लाख ७३ हजार र डेमोनको ३ लाख २३ हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ । आगामी दिनमै देशैभर सेवा बिस्तार गर्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved