सिजीको ओमेगा ८ स्मार्टफोन सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 08, 2018 | 04:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी मोबाइल्सले ओमेगा ८ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस स्मार्टफोनमा २.५ डी कर्भ्ड ग्लास, एन्ड्रोइड नगेट ७.० अपरेटिंग सिस्टम रहेको छ । यसमा १८ः९ रेसियो फूल भ्यू प्रयोग भएको ५.५ इन्चको एचडी–आईपिएस डिस्प्ले रहेको छ । 

यसमा १३ मेगापिक्सेलको क्यामरा र सेल्फीका लागी ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ । यस फोनमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी ¥यामले फोनलाइ स्मुथ बनाउने कम्पनीले दाबी रहेको छ । 

त्यसका साथै फोनमा रहेको १६ जीबीको इन्टरनल स्टोरेज (रोम)मा थप स्टोरेजको लागि १२८ जीबीसम्म माइक्रो एस्डी कार्डको प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । फोनमा ३ हजार एमएएचको ब्याट्री ब्याकअप, जीपीएस सपोर्ट गर्ने ओमेगा ८ मा जी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर रहेको छ । 

फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गूगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषता रहेका छन् । कम्पनीले ओमेगा ८ को मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले उक्त मोबाइल सेटमा एक वर्षको बीमा सुविधा दिएको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved