‘कोकखाम् रसिया जाम्’ योजनाको छैटौ हप्ताका बिजेता घोषणा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 16, 2018 | 03:38:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले “कोक खाम् रसियाजाम्” अभियान अन्र्तगत छैटौं हप्ताका बिजेता घोषणा गरेको छ । यस हप्ता कम्पनीले ६ जनाको नाम घोषणा गरेको छ । हाल सम्म २७ जना बिजेता घोषणा भइसकेका छन् । यस योजना अन्र्तगत ४० बिजेताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् ।

त्यसको लागी हरेक हप्ता बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ भने, २ जना ग्राहकले २४ इन्चको टेलिभिजन जित्दै आएका छन् ।  यस हप्ता छनौट भएका विजेताहरुमा गौरब बिजुक्छे चुनदेबीबाट, रबिन्द्र शाक्य असनबाट, चेत नारायण श्रेष्ठ धरानबाट, जनक बस्नेत उर्लावारीबाट, मिठु भण्डारी भरतपुरबाट र सुजन केसी सितापाइलाबाट रहेका छन् । यस हप्ता हेटौडाका सुजन स्यानताङ ले २४ इन्चको टेलिभिजन जितेका छन् । अझै १३ जना बिजेता घोषणा गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved