होण्डाको ५० औँ वार्षीक उत्सव, ‘५० दिनमा ५० तोला सुन’ योजना सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 02:55:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा मोटरसाइकल र स्कुटरकोे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ५० वर्ष पुरा भएको अवसरमा वार्षीक उत्सव मनाएको छ । होण्डा मोटरसाइकलको आधिकारीक बितरक ज्योति गु्रपले सन् १९४० मा पहिलो पटक नेपाल भित्र्याएको बताएको थियो । 

ज्योति ग्रपका अध्यक्ष पद्म ज्योतिले आफुहरुले स्टील, फलाम, अक्सिजन, टेक्सटाईल, मोटरसाइकल, स्कुटर, गाडी, ट्रयाक्टर, पम्प, जेनेरेटरको मार्के्िटङ, वेल्डिङ्ग उत्पादनहरु, ओैषधी, अडियो भिडियो उत्पादन तथा आर्थिक र ट्राभल सम्बन्धि सेवामा समेत अगाडी बढिरहेको बताए । 

कम्पनीले ५० वर्षको अवसर पारेर ‘५० दिनमा ५० तोला सुन’ नामक योजना समेत ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिद गरी ५० दिनमा ५० तोला सुन जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीका अनुसार ग्राहकले स्क्रयाच कुपन मार्फत ४ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने छन् । 

सुरुवातमा ११ वटा मोटरसाइकल आयात गरेको स्याकार ट्रेडिङ कम्पनीले अहिले ६० हजार आयात गर्दै आएको छ । नेपाल भर होण्डाको १ सय भन्दा बढी आउटलेटहरु रहेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved