टेलिकमद्धारा अस्पताल र विद्यालयलाई सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2018 | 01:34:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुसार विभिन्न अस्पताल र सामुदायिक विद्यालयलाई सहयोग गरेको छ । कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक÷एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गरेको छ । कोशी अञ्चल अस्पताल विराटनगर, नारायणी अञ्चल अस्पताल वीरगञ्ज, भक्तपुर क्यान्सर अस्पताल, भेरी अञ्चल अस्पताल नेपालगञ्ज र महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई २५। २५ थान कम्बल वितरण गरको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवललाई पनि कम्बल वितरण गरिने कम्पनीले जनाएको छ । 

यसैबीच टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले शान्ति निकेतन माध्यमिक विद्यालय भक्तपुरमा कम्पनीको सहयोगमा स्थापना गरिएको आईसीटी सेन्टरको उद्घाटन गरेका छन् । उक्त सेन्टरमा कम्पनीले ५ थान कम्प्युटर, ५ थान वेब क्याम, ५ थान माइक्रो फोन सहितको हेडसेट र १ थान थ्री इन वान प्रिन्टर उपलब्ध गराएको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेवामूलक काम गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved