कोकाकोलाको १३२ बर्षे यात्रा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 01:41:52 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोलाले आफ्नो स्थापनाको १३२ बर्ष पूरा गरेको छ । सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले आफ्नो स्थापनाको १३२ बर्ष पुरा गरेको हो । एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो पेय पदार्थको उत्पादन सुरु गरेका हुन् ।

कोकाकोलाले विश्वभरिका  उपोभोक्ताहरुलाई उनीहरुले खोजे जस्तै र मन पराए जस्तै स्वाद दिदैं आएको छ । डा पेम्बरर्टनका पार्टनर र बुक फ्रान्क एम.रोबिन्सनले यो पेय पदार्थको नाम कोकाकोला राखेका थिए । उनले नै यसको डिजाईन र ट्रेडमार्क दर्ता गरेका हुन् । जुन अहिलेसम्म प्रयोगमा आइरहेको छ । डा पेम्बर्टनले योसको सृजना गरेपछि यसलाई अमेरिकी बजारमा फैलाउने काम एस जी. क्याण्डलरले गरेका हुन् ।

अहिले विश्वका २ सय भन्दा बढी देशहरुमा कोकाकोलाको उत्पादन हुने गरेको छ । नेपालमा सन् १९७९ मे ८ मा कोकाकोलाको स्थापना भएको हो । अहिले नेपालमा कोकाकोलाको २ वटा प्लान्टहरु संचालनमा रहेका छन् । एउटा उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा छ भने अर्को चितवनको भरतपुरमा रहेको छ । कोकाकोला नेपालले नेपालका सरकारी, अर्धसरकारी र समुदायसँग ‘गोल्डेन त्रिकोण’को अबधारण निर्माण गरि काम गर्दै आएको छ । कम्पनीले जलस्रोत, खानेपानी, सामुदायिक विद्यालयमा संचालित ‘वास’ कार्यक्रम, फोहोर संलकन तथा महिला शक्तिकरण जस्ता कार्यक्रमलाई अगाडि बढाउँने योजना समेत बनाएको छ । 

कोकाकोला कम्पनीका कन्ट्रि डाइरेक्ट अम्बुज सिंहले सबै संस्कृति, जिवनशैली तथा पृष्ठभुमिका उपभोक्ताले कोकाकोला ब्राण्डलाई निकै मनपराएकोले आगामी दिनमा उपभोक्ताको चाहानालाई पुरा गर्ने प्रतिबद्धता जनाए । कोकाकोला कम्पनीले सन् २०२० सम्म पाँच लाखभन्दा बढी महिलालाई उद्यमशील बनाउने लक्ष्य लिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved