बसन्तपुरमा खुल्यो क्याफे कफी डे को नयाँ आउटलेट

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2018 | 03:37:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय मल्टिनेशनल कफी ब्राण्ड क्याफे कफी डे (सीसीडी)ले काठमाडौंको बसन्तपुर दरवार स्क्वाएरमा नयाँ आउटलेट शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । सीसीडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो । 

शुक्रबार विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले बसन्तरपुर आउटलेटको उद्घाटन गरे  । १ करोडभन्दा बढीको लगानीमा सञ्चालनमा आएको यस कफी सपमा कफीका बिभिन्न भेराइटीका सहित फाष्टफुड पनि उपलब्ध हुनेछ जनाईएको छ । भविश्यमा नेपालकै सबैभन्दा ठूलो कफी चेन नेटवर्कको रुपमा स्थापित गर्ने लक्ष्य अनुसार बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेशनलका प्रमुख रवि तेब्रेवालले बताए ।  

उनले काठमाडौंकै दरबारमार्ग र बानेश्वरमा पनि नयाँ आउटलेटहरु खुल्ने जानकारी गराए । उपत्यका बाहिर पोखरा, चितवन, बुटबल, धरान, बिराटनगर लगायतका शहरहरुमा साथै राजमार्ग लक्षित गरेर पनि आउटलेट स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए । भारतबाट सुरु भएको सीसीडीको संसारभर १ हजार ७ सय भन्दा बढी आउटलेटहरु छन् । भारत सहित मलेसिया, सिंगापुर, थाइल्याण्ड लगायतका दक्षिण पूर्वी एशिया, युरोप, अफ्रिका र अमेरिकामा पनि यसका आउटलेटहरु छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved