युनाइटेड सिमेन्ट्सद्वारा धादिङमा शैक्षिक सामाग्री वितरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 14, 2018 | 08:38:36 PM मा प्रकाशित

laxmi  sunrise bank

केएल दुगड समुह अन्तर्गतको युनाइटेड सिमेन्ट्सले धादिङको धुनिवेशी नगरपालिकाको विभिन्न स्थानीय बिद्यालयहरुका सम्पूर्ण बिद्यार्थीहरुलाई बिबिध शैक्षिक सामग्री वितरण गरेको छ। 

धुनीवेशी नगरपालिकामा शिक्षाको महत्त्व दर्शाउने र अभिभावकहरुलाई प्रोत्साहित गर्ने उदेश्यले शैक्षिक सामग्रीहरु वितरण गरिएको कम्पनिले जनाएको छ। गुणस्तरीय शिक्षा बालबालिकाको नैसर्गिक अधिकार भएपनि विभिन्न कारणले पढाईलाई निरन्तरता दिन नसक्ने समस्यालाई समाधान गर्न र अभिभावकहरुमा जनचेत फैलाउने उदेश्यका साथ शैक्षिक सामग्री वितरण गरिएको कम्पनीको भनाइ छ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकाहरुमा शैक्षिक सामग्री वितरण गरेको युनाइटेड सिमेंट्सले बिगतमा झैँ आगामी दिनहरुमा पनि सामाजिक कार्यहरु गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनिले गत वर्ष पनि सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved