एप्पलवल्र्ड मोबाइलमा एक्स्चेञ्ज अफर, खरिदमा ६० प्रतिशतसम्म छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 03:11:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एप्पलवल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ । दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइलले यस अघिका अफरमा ग्राहकले सहभागी जनाएर सहयोग गरेको भन्दै २ साताका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । 

जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदानगरिने एप्पलवल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टागर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने  र मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे निर्देशक संगम राइले जानकारी दिए ।

एप्पल वल्र्डमा मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको व्यवस्था छ । बिश्व बजारमा पाइने २५ भन्दा बढी  ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पलवल्र्डले ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत गर्न सकिने डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved