HUAWEI को नयाँ स्मार्ट फोन नेपाली बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 24, 2018 | 05:01:28 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्ट फोन HUAWEI P20  नेपाली बजारमा प्रवेश गरेको छ । अति सूक्ष्म कणहरूलाई समेत कैद गरी जीवन्त र अद्भूत तस्वीरहरु निकाल्ने यो नयाँ क्यामेरा प्रविधिसहित बजारमा आएको HUAWEI P20 सर्वाधिक आधुनिक स्मार्ट फोन क्यामेरा हो । 

HUAWEI P20  क्यामेरा फोन आधुनिक भएपनि प्रयोग गर्न सजिलो रहेको कम्पनीले जनाएको छ ।प्रयोगकर्ताहरूलाई तस्वीरको कम्पोजिसन मिलाउन मद्दत गर्ने कृत्रिम क्षमता पनि यो स्मार्ट फोनमा उपलब्ध छ । Leica Dual Camera    सेन्सरको मद्दतले HUAWEI P20  ले जुनसुकै वातावरणमा जस्तोसुकै रङ र प्रकाशलाई कैद गरी सुन्दर तस्वीर निकाल्न सक्छ । 

HUAWEI P20 सँग 12MP RGB  का साथै  20MP मोनोक्रोम क्यामेरा सेटअप पनि छ । 12MP सेन्सरले कैद गर्ने तस्वीरको पिक्सेल आकार 1.55μm सम्म पुग्ने कम्पनीले जनाएको छ ।  हाल नेपाली बजारमा ७४ हजार ९ सय पर्ने यो स्मार्ट फोन कालो र गाढा नीलो रङमा उपलब्ध छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved