पञ्चकन्या ग्रुपको एस.एस ट्याङ्क भारत निकासी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 26, 2018 | 10:35:19 PM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्याले उत्पादन गरेको ट्यांकहरु भारतमा समेत निर्यात हुन थालेका छन। नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएको ट्यांकर नेपालमा मात्र नभई भारतको पटना, लखनउ, कोलकत्ता आदि विभिन्न शहरहरुमा समेत निर्यात हुन थालेको बताइएको छ। 

नेपालमा मात्र नभई भारतबाट पनि राम्रो प्रतिकृया प्राप्त भएकोले एस.एस. ट्याङ्कको भविष्य उज्ज्वल देखिएको पञ्चकन्या ग्रुपको भनाई छ।पञ्चकन्याले अत्याधुनिक प्रविधि प्रयोग गरी ३०४ फुड ग्रेडको भर्टिकल तथा होरिजेन्टल र ३१६ ग्रेडको स्टेनलेश स्टील ट्याङ्कहरु विगत ६ वर्षदेखि विभिन्न क्षमतामा उत्पादन गरी बिक्री गर्दै आएको छ ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved