वल्र्डलिंकको वल्र्ड कप योजना : इन्टरनेट किन्दा नेट टिभी सित्तैमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2018 | 04:33:21 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप फुटबल २०१८ को अवसरमा वल्र्डलिक कम्युनिकेसन्स प्रा.लि.ले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने “बिस तिस पच्चास वल्र्डकप झक्कास्” नामक योजना ल्याएको छ । यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउन सक्नेछन् । 

यो प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेटटिभि निशुल्क पाउन सकिनेछ । एकबर्षको प्याकेज खरिद गर्दा ५ सय डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५ सय रुपैयाँ डिपोजिट र सेट टप बक्सको  १ हजार  रुपैयाँ भुक्तानी गर्नु पर्छ । पहिल्यै वल्र्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेटटिभिको अबसरको रुपमा रहेको छ ।  

वल्र्डलिंक इन्टरनेट, आइपि टिभी (नेटटिभी) र डाटा सेवा प्रदायक संस्था हो । यसले मुलुकका ६५ भन्दा बढी जिल्लामा सेवा प्रदान गरिरहेको छ ।   

 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved