‘किंङस लाउञ्ज’ ले २० बाइ ११ फिटको एचडी स्क्रीनमा विश्वकप फुटबल देखाउने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 28, 2018 | 01:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

दरबारमार्ग स्थित आधुनिक शैलीको ‘किंङस लाउञ्ज’ रेष्टुरेन्टले विश्वकप फुटबलको अवसरमा खाना, संगीत र फुटबल हेर्ने व्यबस्था गरेको छ । 

फिफा विश्वकप फुटबललाई विशेष बनाउन ‘किंङस लाउञ्ज’ ले यस्तो व्यबस्था गरेको हो । लाउञ्ज सञ्चालक समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठ भन्छन्, ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं । २० बाइ ११ फिटको एचडी स्क्रीनमा हरेक किसिमका खेल हेर्दै लाइभ म्युजिकमा रमाउने गन्तव्य नेपालमा अरु काँही पनि छैन ।’ 

विभिन्न पेशा र व्यवसायमा आवद्द केही युवाहरुको सामूहिक लगानीमा सुरुवात गरिएको रेष्टुरेन्टमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खाना पाईन्छ । रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालन हुँदै आएको छ । ‘दरबारमार्गमा खेल, संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने होम्रो योजना छ’ लाउञ्जका सञ्चालक कुमार गुरुङले बताए ।

अहिले रेष्टुरेन्ट अनौपचारिक रुपमा संचालनमा आए पनि औपचारिक उद्घाटन भने विश्वकप फुटबलको पुर्वसन्ध्यामा गरिने बताइएको छ । नेपालको नमूना रेष्टुरेण्टका रुपमा तयार गरिएको किंङस् लाउञ्जमा एक सय जनाले रोजगारी पाएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved