ब्याट्रीमा समस्या आए १० हजारमा आईफोन साट्न सक्ने अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 13, 2018 | 06:56:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको छ । जेननेक्स्टले  मोवाइल ब्याट्रीको समस्या झेली रहेका ग्राहकलाई १० हजार तिरेर आफ्नो आईफोन साट्न सक्ने अवसर ल्याएको हो ।  ग्राहकहरुले आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मल जानु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गरेको छ।  कम्पनीले भनेको छ 'हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड र क्विालिटी कम्प्यूटर (बिर्तामोड) बाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला । '

ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यहाँ क्लिक गरेर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्ने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved