घरजग्गा मेला २०७५ : ३७ लाखमै अपार्टमेन्ट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 14, 2018 | 04:35:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सातौं घरजग्गा मेला ‘प्रोपर्टी एक्सपो २०१८’ असार १ गते बाट सुरु हुँदै छ । उक्त मेलामा सिभिल होम्सले ३७ लाखमा अपार्टमेन बिक्रि गर्ने योजना रहेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

घरजग्गा मेला २०७५ मार्फत सिभिल होम्सले फेज ७ र ९ का घरहरु खरिदमा वम्पर योजना रखिएको छ । फेज– ७, सीतापाईलामा ४५ रोपनि जग्गामा बन्ने १०८ घरमध्ये ६६ वटा विक्रि भैसकेका छन् भने बाँकी घरहरु विशेष उपहार सहित एक्सोमा बिक्रिमा राखिने छ । यसैगरी फेज–९, गोदावरी परियोजना ४२ रोपनि ७ आना क्षेत्रफलमा घर बन्ने जानकारी गराईएको छ । 

सिभिल होम्सद्धारा धापाखेलमा निर्माणधीन सिभिल होम्स् फेज–४, टावर ‘ए’ को अपार्टमेन बिक्रिमा राखिने छ । 

सुविधा सम्पन्न अपार्टमेनको मूल्य मेलाभर मात्रै ३७ लाख रहने सिभिल ग्रुप प्रालिका प्रवक्ता भिम खरेलले जानकारी दिए । उनका अनुसार,  ‘अपार्टमेनमा के कस्ता सुविधा रहनेछ भन्ने बारे भने एक्सपो मार्फत सार्वजनिक गराईने छ’ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved