आइएमई वल्र्डकप उत्सव–२०१८ : बैंकक भ्रमणको अवसर

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 19, 2018 | 06:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इनगर्दै १,००० (एक हजार)  प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलन लागि थप चरणहरू प्रतियोगिताको समय अवधिभित्र पेस गरिनेछ । 

प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजयी प्राप्त गर्नेछ । अधिक सङ्ख्याको पोइन्ट प्राप्तगर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्ककजाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर प्राप्त गर्नु हुनेछ भने प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तरदिनु हुने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट हुनुहुनेछ । यसरी छनोटमा पर्नुहुने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप प्राप्त गर्नुहुनेछ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved