मुक्तिनाथ विकास बैंक र रेनो (Renault) कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुप अन्तर्गतको थापाथली काठमाडौं स्थित एडभान्सड अटोमोबाइल्स प्रा.लि.बीच सम्झौता भएको छ । बैंक र एडभान्सड अटोमोबाइल्सबीच रेनो ब्राण्डका विभिन्न मोडेलका सवारी साधन लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता बमोजिम एडभान्सड अटोमोबाइल्स प्रा.लि.ले आयात गरी विक्री वितरण गर्ने रेनो कम्पनीका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई मुक्तिनाथ विकास बैंक लि.ले खरिद मूल्यको ६५ प्रतिशत सम्म लगानी गर्नुका साथै आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने छ । यस सम्झौता बमोजिम कर्जा लिने ग्राहकहरुले अग्रिमरुपमा कर्जा भुक्तानी गर्नुपर्र्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क नलिने व्यवस्था गरिएको छ । यो सेवा मुक्तिनाथ विकास बैक लि.का देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध छ ।