खल्तीमार्फत नगद बिना नै बिग मुभिजको टिकट खरिद गर्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 28, 2018 | 06:14:14 PM मा प्रकाशित

laxmi  sunrise bank

खल्ती र बिग मुभिजले सजिलो र सुरक्षित रुपले मोबाइलबाटै फिल्म टिकट किन्न मिल्ने सेवाका लागि रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल र सिनेस्टार प्रा. लि. का सीईओ भरत अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार अब ‘बिगमुभिज डटकम डटएनपी’ मा गएर फिल्मको टिकट बुकिङ गरेपछी ग्राहकले सजिलै आफ्नो खल्ती आईडी मार्फत उक्त टिकटको पैसा तिर्न सक्नेछन् ।

यस साझेदारीबाट उत्साहित ‘खल्ती’ का डाइरेक्टर अमित अग्रवालले भने, “अब फिल्म हेर्न जानेहरुले नगद बिना नै फिल्म टिकटको पैसा भुक्तानी गर्न सक्नेछन् । यसले फिल्म हेर्न जाने दर्शकलाई टिकटिङ र पेमेन्ट प्रक्रिया झन्झट मुक्त र निकै सहज बनाउने छ । तपाईंले जुनसुकै बेला जहाँ रहेर पनि आफ्नो लागि वा साथीभाई र परिवारको लागि फिल्म टिकट बुक गर्न र पैसा भुक्तानी गर्न सक्नुहुनेछ । यो लगायत अन्य थुप्रै सेवाहरु खल्तीमा पहिले नै उपलब्ध छन्  र हामी अरु धेरै सुविधाहरु थप्ने क्रममा छौँ ।”

त्यसै गरी सिनेस्टार प्रा. लि. का सीईओ भरत अग्रवालले भने, “एउटा ‘सेवा उद्योग’को हैसियतले हामीले हाम्रा ग्राहकहरुलाई शत प्रतिशत सन्तुष्टी दिने सदैव प्रयास गर्छौं । हाम्रा सेवाहरु झनै स्तरिय बनाउनका लागि हामीले खल्तीसँगको यो सहकार्य सुरुवात गरेका हौँ । अब ग्राहकहरुले अन्लाईनबाट सजिलै फिल्म टिकटको पैसा भुक्तानी गरी समय र पैसाको सदुप्रयोग गर्न सक्नु हुनेछ ।”

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved