वायुसेवा निगमको टिकट इसेवा मार्फत, निगमको बजार विस्तारलाई सहयोग पुर्याउने विश्वास

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 31, 2018 | 10:15:09 AM मा प्रकाशित

laxmi  sunrise bank

इसेवा फोन पे र नेपाल वायुसेवा निगमबीच अनलाईन टिकेटिङका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे। 

सम्झौता अनुसार इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ। यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो ।

नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले सहयोग पुर्याउने विश्वास लिइएको छ। नेपालको पहिलो पेमेन्ट गेट वे इसेवाका सिओओ लामिछानेले अनलाइन टिकेटिङका लागि नेपाल एयरलाइन्स्सँग सहकार्यले यात्रुहरूले आन्तरिकसँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्ने बताए ।   

इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ। 

इसेवाका ४६ वटा सदस्य बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ। हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।  यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved