रिचार्जर एप्सको शुन्य प्रतिशत ब्याजदरमा मोबाईल अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 01, 2018 | 03:31:36 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल की टेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शुन्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ । रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथा पछि अफ्रिकको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको हो । रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन्  

मोबाईल मुल्य अनुसार किस्ताबन्दीको अवधि महिना, वर्ष १८ महिना कायम गरिएको ग्राहकले २० हजार रुपैयाँदेखि माथि जति पनि मूल्यका मोबाईल शुन्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्छन् । योजनामा सिमीत ब्राण्डका मोबाइलको खरिदमा शुन्य प्रतिशत डाउनपेमेन्टको समेत व्यवस्था गरिएको अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ  

ग्राहकले आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ यो योजना हाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको कम्पनीले जनाएको  । नेपाली एप्स हामी नेपालीहरुकै लागिभन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगल प्ले तथा एप्पल एप स्टोरमा गरी लाखभन्दा बढी डाउनलोड भैसकेको जनाएको 

विश्वका महादेशका उच्च हिमशिखररुमा रिचार्जरको झण्डा फहराउँदै १८ महिना भित्रमा रिचार्जरलाई विश्वभरीका प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य लिएको   रिर्चाजर एप्स मार्फत सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved