एउटा निर्णय जसले सामसुङलाई लाग्यो २ अर्बको झड्का! 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2016 | 12:58:29 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल फोन उत्पादक कम्पनी सामसुङले नोट ७ स्मार्टफोनको उत्पादन बन्द गर्ने निर्णयले कम्पनीको त्रैमासीक नाफा घट्ने प्रक्षेपण गरिएको छ। 

नोट सेभेन उत्पादन गर्नु पुर्व कम्पनीले तेस्रो त्रैमासिकको नाफा ६ अर्ब ९२ करोड अमेरिकी डलर प्रक्षेपण गरेको थियो तर नोट सेभेनमा आएको समस्याका कारण उत्पादन बन्द गर्ने निर्णय गरेको कम्पनीको तेस्रो त्रैमासिकमा नाफा २ अर्बले घट्न सक्ने अनुमान गरिएको छ। 

नोट ७ डिभाईसको व्याट्रि पड्किएर आगो लाग्ने समस्या दोहोरिएपछि सामसुङले उत्पादन बन्द गरेको हो । त्यसअघि नै उसले बजारबाट २५ लाखभन्दा बढी फोन फिर्ता लिइसकेको थियो । नाफा घट्नसक्ने बताएपछि सामसुङले शेयर पनि आज ८ प्रतिशतले घटेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved