रेनो क्याप्चर कार्निभल मेला सुरु, पुरानो कारलाई नयाँसंग एक्सचेन्ज गर्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 07, 2018 | 06:44:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि (विशाल समूहको सहायक कम्पनी) ले रेनो कार प्रेमीहरुका लागि कार्निभल मेला आरम्भ गरेको छ । कम्पनीले साउन २२ गते देखि साउन २९ गतेसम्म नेपाल अधिराज्यभरी रेनो क्याप्चर कार्निभल मेला आरम्भ गरेको हो ।  यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

 रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई ३ लाख  बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले  प्रत्येक टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न  सक्ने कम्पनीले जानकारी दिएको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved