अफर भित्र पनि अफरको समय थप, एउटा मोबाइल किन्दा अर्को सित्तैमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 21, 2018 | 08:48:06 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हबले संचालन गरेको अफर भित्रको अफरको समय थप भएको छ । मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधा समेत थप गरिएको कम्पनीजे जनाएको छ । 

के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसर पारेर अफर माथिको अफर सहित मोबाईल मेला संचालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकको भनाई छ ।  मोबाइल मेला भदौ १६ गतेसम्म संचालन हुनेछ । 

मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध रहेका छन् । 

  मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने व्यबस्थ छ  । साथै जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाईल लिन सकिने पनि ग्लाइडरले बताए । त्यसै गरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । 

यसैगरी एउटा किन्दा अर्को सित्तैमा योजना अन्तर्गत लेनोभोको के फाइभ नोट २९ हजार ९ सय ९९ र २ वटा भिआर जेटिई एस सेभेन २० हजार ९ सय ९९ र  २ वटा जेटीई आई फाइभ ९ हजार ९ सय ९९ मा बाई वान गेट वान फ्रिमा अरु थप मोबाईल हरु रहेका छन्  । एमआई फाइभ एसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने मोबाइल हबका निर्देशक संगम राईले बताए ।

साथै मोबाइल मेला अवधिमा मोबाइल  खरिद गर्ने ग्राहकलाई एफ क्युब सिनेमाको टिकट निशुल्क प्रदान गर्ने पनि उनले बताए । त्यस्तै विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको जानकारी दिए । 

केएल मोबाइल हबले गत साउन १९ गतेदेखि चावहिल स्थित केएल मोबाइल हबमा मोबाईल मेला संचालन गरेको हो । केएल मोबाईल हब भिजीटर ले लक्की ड्र कुपन भरी लक्की ड्र मार्फत हरेक दिन एउटा स्मार्ट फोन जित्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved