ग्यालेक्सी नोट ९ साट्न पाइने केएल मोबाईल मेला अझै पाँच दिन चल्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 27, 2018 | 06:02:40 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिल चुच्चे पार्टी स्थित केएल टावरमा जारी मोबाइल मेलामा सेवाग्राहीको भिड बढेको छ । ६ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरले भिड बढेको मोबाइल हबले जनाएको छ । यसका साथै मेला अवधिभर जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने छ ।

पहिलो बार्षिकत्सवको अवसर पारेर सञ्चालन गरिएको मोबाइल मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाईल उपलब्ध छन् । जस्तो सुकै पुरानो मोबाइल साटेर नयाँ मोबाईल लिन सकिने मेलामा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । अफर भित्र पनि अफर सहित चलिरहेको मोबाइल मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । 

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा मोबाइल किन्न सकिन्छ ।

एउटा किन्दा अर्को सित्तैमा पाइने योजना २९ हजार ९ सय ९९ रुपैंया पर्ने लेनोभोको के फाइभ नोट र २० हजार ९ सय ९९ रुपैंया पर्ने जेटिई एस सेभेन किन्दा २ वटा भिआर बक्स पनि निशुल्क पाइनेछ । त्यैगरी ९ हजार ९ सय ९९ रुपैंया पर्ने जेटीई आई फाईभ प्लस मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ । अरु विभिन्न मोडलका मोबाइलमा पनि यो अफर लागू हुने मोबाइल हबले जनाएको छ ।  ९ हजार ९९९ मा वाई वान गेट वान फ्रि र अरु थप मोबाईल हरु रहेका छन्  । 

२० मेगा पिक्सेलको क्यामेरा तथा ४ जिबी रोम र ६४ जिबी रोम तथा ५.५ इञ्चको स्क्रिा भएको एचटिसी डिजायर १० प्रो मोबाइलमा २० प्रतिशत छुटका साथै एउटा भिआर बक्स सित्तैमा पाइनेछ । 

एमआई फाइभ एस प्लसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ ।एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने मोबाइल हबका निर्देशक संगम राईले बताए ।

मोबाइल मेला अवधिमा मोबाइल  खरिद गर्ने ग्राहकलाई एफ क्युब सिनेमाको टिकट निशुल्क प्रदान गर्ने पनि उनले बताए । त्यस्तै विभिन्न मोडलका मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । 

केएल मोबाईल हब अवलोकन गर्नेले लक्की ड्रमार्फत हरेक दिन एउटा स्मार्ट फोन समेत जित्न सकने छन् । मोबाइल मेलामा विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहरु उपलब्ध छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved