पञ्चकन्या ग्रुपले आफ्नो ४६ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र, बालकुमारी, ललितपुरको सहयोगमा भएको रक्तदानमा ५३ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।
रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपस“ग आवद्धहरुले सहभागीता जनाएका थिए ।