'शिखर शु' मा ५० प्रतिशतभन्दा बढि छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 11:47:34 AM मा प्रकाशित

laxmi  sunrise bank

जुत्ताको बजारमा प्रमुख बजार हिस्सा ओगटेको शिखर शु ले आफ्नो प्रत्येक उत्पादनमा बिशेष छुट योजना ल्याएको छ। काठमाडौं उपत्यकाका ग्राहकलाई लक्षित गरि शिखरले ५० प्रतिशत भन्दा बढी छुट पाइने गरि 'बडा शेल' नामक अफर ल्याएको छ। 

यस अफरमा ग्राहकले शिखरका प्रत्येक उत्पादनमा ५० प्रतिशत भन्दा बढी छुट पाउनेछन। यो अफर उपत्यका भित्रका ९ शोरुम (मनकामनाशुज, न्युरोड, शिखर शुज सेन्टर, खिचापोखरी, शिखर शुज सेन्टर, बानेश्वर, किर्तिपुर शुज सेन्टर, किर्तिपुर, बौद्धशुज सेन्टर बौद्ध, पाटन सुज सेन्टर, पाटन, लिवास इण्टरप्राइजेज, नयाँबसपार्क, कोसेलीशुजहाउस, भोटाहिटि र त्रिबेणी शुज सेन्टर भोटाहिटि) मा उपलब्ध हुने कम्पनीले जनाएको छ।   

२० बर्ष अघि स्थापना भएको शिखर शुले शुकन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनको प्रविधिको प्रयोग मार्फत चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ताचप्पल उत्पादन गर्दै आएको छ। ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved