ओप्पोको एफनाईन विक्रि सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 05, 2018 | 06:29:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सेल्फी एक्स्पर्ट ओपोले केही समय अघि सार्वजनिक गरेको एफनाइनको विक्रि आरम्भ गरिएको छ । ओपोले भदौ १४ देखि देशभर रहेका विक्रि केन्द्र मार्फत नयाँ उत्पादन उपलब्ध गराउँदै विक्रि आरम्भको घोषणा गरेको हो । कम्पनीद्वारा सार्वजनिक नयाँ स्मार्टफोन ओपो एफनाइनमा भोक फ्ल्याश चार्जिङ सुविधा उपलब्ध छ । भोक फ्ल्याश चार्जिङ मार्फत उपभोक्ताले ५ मिनेट चार्ज गरी २ घण्टा सम्मको टक टाइम प्राप्तगर्न सक्छन् । 

ओपोले एफनाइन मार्फत फोन उद्योगमै पहिलो पटक ग्राडियण्ट कलर डिजाइन उपलब्ध गराएको छ । ४ जीबी भ्यारियण्टका लागि ४१ हजार ५९० र ६ जीबी भ्यारियण्टका लागि ४५ हजार ५९० मूल्य निर्धारण गरेको छ । एफनाइन हालका लागि सनराइज रेड र ट्वाइलाइट ब्ल्यू गरी दूई रंगमा उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved