एनसेललाई लगातार दोस्राे पटक ‘फ्रोस्ट एण्ड सलिभन अवार्ड’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2016 | 01:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल लगातार दोस्रो वर्ष  ‘फ्रोस्ट एण्ड सलिभन नेपाल २०१६ अवार्डबाट सम्मानित भएको छ । अन्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले उक्त अवार्ड प्रदान गरेको हो । 

फ्रोस्ट एण्ड सलिभनले प्रदान गर्ने यो अवार्ड एशिया प्रशान्त सर्वश्रेष्ठ अभ्यास पुरस्कार उप–समुह अन्र्तगत पर्दछ । एशिया प्रशान्तको अटोमोटिभ, उर्जा, भवन निर्माण तथा पर्यावरण, स्वास्थ्य सेवा र सूचना तथा संचार प्रविधि लगायतका क्षेत्रहरुहरुका कम्पनीहरु मध्य सबैभन्दा राम्रो अभ्यास गर्दै आएकोलाई फ्रोस्ट एण्ड सलिभनले यो सम्मान प्रदान गर्दै आएको छ। 

ग्राहक संख्या, मोबाईल सेवाको आम्दानी, प्रतिग्राहक मिश्रित औषत आय, प्रति ग्राहक आयको वृद्धि सेवा अथवा व्यवसायमा नविनता लगायतका बजारमा कम्पनीहरुको वास्तविक विविध सुचकहरुको आधारमा कडा मापदण्ड भित्र रहेर पुरस्कार पाउने कम्पनीहरुको मुल्याङ्कन गरिएको जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved