प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणा, पुरुषका लागि कात्तिक २४ सम्म आबेदन खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 07:21:35 PM मा प्रकाशित

laxmi  sunrise bank

डाबर नेपालको पुरुष लक्षित उत्पादन प्रोस्टाइल र ग्रुपअफइभेन्ट एन्टरटेनरर्स (जिइइ) बीच प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ आयोजना गर्ने समझदारी भएको छ।

दुवैबीच समझदारी भएसंगै आगामी प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल २०१८ को घोषणाका साथै यो प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ।    यस कार्यक्रममा भाग लिन ईच्छुक पुरुषहरूले म्यानहन्ट नेपालको फेसबुक पेजबाट थप जानकारी लिन सक्ने जनाइएको छ।  फेसबुकमा नै उपलब्ध गराइएको आवेदन फारम २४ कार्तिक २०७५ सम्ममा सानेपास्थित जिइइको कार्यलयमा वा जिइइको इमेलमा बुझाइ सक्नुपर्नेछ।

यो प्रतियोगितमा आवेदन दिन १८ देखि ३४ वर्षका नेपाली युवाहरू हुनुपर्नेछ जसको उचाइ ५ फिट ८ इन्चभन्दा बढी र कम्तीमा एस.एल.सी. पास गरेको हुनुपर्छ । यो प्रतियोगिताको ग्रान्ड फिनाले २१ मङ्सीर २०७५ होटेल अन्नपूर्णमा हुनेछ ।

विजेताले भियतनाममा आयोजित हुने म्यानहन्ट इन्टरनेसनल २०१९मा नेपालको प्रतिनिधित्व गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेताहरूले क्रमशः मिस्टर ग्लोबल २०१९तथा मिस्टर युनिभर्सल एम्बेसेडर २०१९मा भाग लिनेछन् ।

आबेदन दिनका लागि यो लिंक क्लिक गर्नुहोस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved