शिब धिताल/बिजपाटी     Sep 18, 2018 | 02:22:33 PM



नेपाल टेलिकमले संविधान दिवसको अवसरमा बिशेष अफर सहितको नयाँ प्याकेज ल्याएको छ  । टेलिकमले ‘कन्स्टिच्युसन प्याक २०७५’ को नामको बिशेष अफर ल्याएको हो । 

यस अफर अन्तर्गत ग्राहकले १८ रुपैयाँमा कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि अनलिमिटेड कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सक्ने छन् ।  यो अफर असोज १ देखि १५ गते सम्म लागु हुने र यो प्याकेजको लागि कर सहित. १८ रुपैयाँ लाग्ने छ ।

एक पटक प्याक खरिद गरे पश्चात ७० मिनेट सम्म ग्राहकले यो सेवा प्रयोग गर्न सक्ने छन् । *1415*8# डायल गरेर यी सेवा लिन सकिने कम्पनीले जनाएको छ  । 


Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital








Close in 7