क्यास्ट्रोलका सेल्फी स्टार विजेताले पाए स्मार्ट फोन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 12:38:56 PM मा प्रकाशित

laxmi  sunrise bank

क्यास्ट्रोल लुब्रिकेन्टले सेल्फी कन्टेस्टका विजेताहरुलाई पुरस्कृत गरेको छ । क्यास्ट्रोल भेक्टन सेल्फी स्टार किरण नापित र क्यास्ट्रोल एक्टिभो सेल्फी स्टार राज बिके भएका हुन्।  उनीहरुलाई क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जितले एक एक वटा स्मार्टफोन उपहार प्रदान गरेका हुन् । 

किरण नापित पोर्पा अजिमा सर्भिसिङ सेन्टर र सन्तोष मोटर ग्यारेजका सञ्चालक हुन् भने राज बिके राज मोटरसाइकल वक्र्सका सञ्चालक हुन् ।

क्यास्ट्रोल भेक्टन पहिलो पटक नेपालमा उपलब्ध गराएको अवसरमा क्यास्ट्रोल भेक्टन सेल्फी कन्टेस्ट आयोजना गरिएको थियो । क्यास्ट्रोल भेक्टनको ब्यानरमा आफ्नो तस्बिर खिचेर क्यास्ट्रोल लुब्रिकेन्ट नेपालको आधिकारिक फेसबुक पेजमा ट्याग गरे पछि सबैभन्दा बढी लाइक पाउनेलाई विजयी घोषणा गरिने बताइएको थियो । 

क्यास्ट्रोल भेक्टन इन्जिन आयल केही समय पहिले मात्र नेपाली बजारमा भित्रिएको कम्पनीले जनाएको छ । यो सीआई–४ प्लस र ई७ प्रविधिको मल्टिग्रेड डिजेल इन्जिन आयल भएको र यसमा अन्य कुनै पनि लुब्रिकेन्टमा नभएको युनिक ‘सिष्टम फाइभ टेक्नोलोजी’ प्रयोग गरिएकोले यसले पहिले प्रचलित लुब्रिकेन्ट भन्दा ३० प्रतिशत बढी पर्फमेन्स दिने कम्पनीको दाबी छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved