कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 01:03:35 PM मा प्रकाशित

laxmi  sunrise bank

‘सयौँ सम्बन्धको कयौँ भावना’ भन्ने नयाँ शीर्षक दिएर कोकाकोलाले नयाँ योजना ‘मन खोलौ कोकसँग’ सार्वजनिक गरेको छ । यो योजनाको मुख्य आसय  हजारौ सम्बन्धहरुको अनगिन्ति भावनासँग कोक जोडिएको छ भन्ने रहेको कम्पनीले जनाएको छ । यो योजनाले मुख्यत १६ विभिन्न मानवीय भावनाहरुलाई समेटेको छ । जसमा माया, साथ, खुसी, रमाइलो, मित्रता, हौसला, श्रद्धा, मिलन, सहयोग, जमघट र हाँसो रहेका छन् ।

यो अभियानकोे मुख्य उदेश्य हरेक व्यक्तिको जीवन र भावनालाई प्रभाव पार्ने अनन्य सम्बन्धहरुको याद राख्ने रहेको कम्पनीले जानकारी दिएको छ । कोकको बोतलमा हुने लेबललाई यो दसैँको समयमा मानवीय भावनाहरुलाई पारिवारिक सम्बन्धको नियमितताको रुपमा अंकित गरिएको छ । यी लेबलहरुले पर्वको झल्को दिने बिषयबस्तुलाई समेटेका छन् ।

यस क्याम्पेनको बारेमा बोल्दै कोकाकोलाका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने, ‘नेपालभरिका कोकाकोलाका ग्राहकहरुलाई चाडपर्वको समयमा अझ बढी स्पेशल बनाउनको लागि कोकाकोलाले विनम्र तरिकाले गतवर्ष मन खोलौ कोकसँग ल्याएको थियो । हामी सम्बन्धहरुलाई विषेश प्राथमिकतामा राखी उत्सवको रुपमा मनाउँछौ त्यसका लागि यो वर्ष हामी हाम्रा ग्राहकहरुलाई कोक र आफ्ना भावनाहरु आफ्ना मनपरेकाहरुसँग बाढ्नको लागि अभिप्रेरित गर्नेछाँै । कोकाकोलाको बोतलमा ग्राहकहरुले विषेश भावनाहरु जस्तो माया, साथ, मित्रता, मिलन, सहयोग, श्रद्धा आदि पाउनेछन् जुन आफ्नो परिवार र साथीहरुसँग भावनाहरु साटासाट गर्न सघाउँछ ।’

बोट्लर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने, ‘म यो विषेश दसैं क्याम्पियन घोषणा गर्न पाउदा ज्यादै खुसि भएको छु । म यस्तो संस्थाको हिस्सा हुन पाउँदा सम्मानित र गौरवान्वित भएको छु, जसले आफ्ना कर्मचारी र ग्राहकहरुको विषेश हेरचाह गर्छ । सैंयौ सम्बन्धका कयौ भावना यो एउटा ट्याग लाईनमात्र नभई यो आफ्ना भावनाहरुलाई प्रस्तुत गर्ने तरिका हो जसले सम्बन्धहरुलाई अझ मजबुत बनाउन सक्छ । हामी कोकोकोलाले सम्बन्धहरु बनाउन यी लेबलहरुले अझ सहयोगीको काम गर्ने छन भन्ने कुरामा अत्याधिक खुसी भएका छौ ।’

क्याम्पेनमा प्रियन्का कार्कीले आफ्नो डाइभरलाई ‘सधैँ सहयोगी हात बढाएकोमा’ लेबल भएको कोकको बोतल दिन्छिन् त्यसैगरी स्वास्तिमा खड्काले आफ्नो श्रीमान निश्चललाई कोकको ‘निश्चल मायाकालागि’ भन्ने कोक दिन्छिन भने निश्चल बस्नेतले स्वस्तिमालाई ‘सुख दुखको साथको लागि’ लेवल भएको कोक दिन्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved