ग्लोबल आइएमई बैंकका ग्राहकलाई चन्द्रागिरी टिकटमा बिशेष छुट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 03:09:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्सबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्याल  र चन्द्रागिरि हिल्सका महाप्रबन्धक श्रीअभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन् । 

 सम्झौता अनुसार बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहकहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने छन् ।  

ग्लोबल आइएमई बैंकले १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved