घटस्थापनामा किंग्स लाउञ्जमा सविन राईको प्रस्तुति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 12:10:20 PM मा प्रकाशित

laxmi  sunrise bank

दरबारमार्गमा रहेको  फेमली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ । विजयादशमीको उपलक्ष्यमा आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले किंग्स नाईट विथ सविन राई आयोजना गर्ने भएको हो ।  लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी असोज २४ गते बुधबार साँझ ८ बजेदखि राइको विशेष सांगीतिक प्रस्तुती आयोजन ागर्न लागिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए । 

बुधबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । राईको ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासकोे व्यवस्था समेत गरेको छ । साथै लाउन्जले विजयादशमीको अवसरमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म २० प्रतिशत छुट समेत प्रदान गर्ने छ । 

बुधबार लाउन्जमा नियमीत खानाका परिकासंगै सालमोन र ट्याङग्री कवाव स्पेशल मेनु राखिएको छ । लाउन्जका सेफ तिलबहादुर मगरका अनुसार ट्याङग्री कबाव इण्डियन परिकार हो भने सालमोन कन्टिनेन्टल परिकार हो । 

चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ । जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ । 

बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved