केएल टावरमा सामना खरिद गर्दा अपाची आरटीआर मोटरसाइकल उपहार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 12:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि रमाईलो दशँै तिहार उपहार योजना संचालनमा ल्याएको छ । यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन् । 

हरेक दिन उपहार जित्न सकिने योजनाको बम्पर उपहारमा टिभिएसको अपाची आरटीआर मोटरसाइकल, जुपिटरको स्कुटर लगायतका उपहार राखिएका छन् । दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामान उपलब्ध गराउने टावर व्यवस्थापनले जनाएको छ । 

यसका साथै साप्ताहिक उपहारमा टाइमेक्स घडी तथा ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर पनि ग्राहकले पाउने छन् ।

उपहार जित्नको लागि के एल टावरमा रहेका आउटलेटमा कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्दा ग्राहकले कुपन प्राप्त गर्ने छन् । उक्त कुपनका आधारमा दैनिक तथा साप्ताहीक लक्की ड्र गरी उपहार वितरण गरिने टावरले जनाएको छ ।   

५० वटा पसल, मिनीशौ, लाउञ्ज, कफि बार, तीनवटा सिनेमा हल, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हब लगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिदमा ग्राहकले एक हजार रुपैयाँ बराबरको कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म संचालन हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved