सस्तोडिलको दशैँ अफर:अमेजोनको भन्दा सस्तो सामान, ग्राहकलाई थाईल्याण्ड घुम्ने अवसर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 10:42:21 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर विभिन्न अनलाइन सपिङ साइटहरुले ग्राहकको लागि आकर्षकको अफर ल्याएका छन। सस्तोडिल डटकमले ग्राहकहरुको लागि ‘दशैँको बेला सस्तोडिलको मेला’ मार्फत ८० प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ । 

सस्तोडिलले भर्खरै मात्र ५ रुपैयाँमा नै इयरफोन बिक्रीमा राख्दा केहि समयमै 'सोल्ड आउट' भएको थियो। सस्तोडिल डट कमका सीइओ अमुंन थापा सस्तोडिलले बजार मध्ये कै सबैभन्दा सस्तो समान आफुहरुले उपलब्ध गराएको दाबी गर्छन।  

कम्पनीले २ हजार भन्दा बढी मूल्यको समान खरिद गर्दा हात खाली नजाने उपहारहरु पनि संचालनमा ल्याएको छ। यसमा ग्राहकहरुले ५ सय र हजारको गिफ्ट भौचर र हुवावे नोभा थ्री आई र नोकिया ३ प्राप्त गर्न सक्ने छन् । त्यस्तै यस मेला अवधि भर समान खरिद गर्ने ग्राहक मध्येबाट एक जनालाई ८० हजार प्याकेजको थाइल्याण्ड टुर र भायानेटको ३ महिनाको फ्री इन्टरनेट अफर समेत प्राप्त गर्न सक्ने सीईओ थापाले बताएका छन् । 

कम्पनीका मार्केटिङ म्यानेजर प्रज्वल ताम्राकार कम्पनीले भारतको अमेजोंन डट कमको भन्दा सस्तो समान आफुहरुले उपलब्ध गराएको दाबी गर्छन। कम्पनीले जियोनी २३०२ मोबाइल ९ हजार ९ सय ९९ मै उपलब्ध गराएको छ । जुन भारतको अमेजोंनको भन्दा सस्तो मूल्य हो।  

कम्पनीले ‘मोजा किन्दा जुत्ता फ्री’ ‘एउटा किन्दा अर्को सित्तैमा’ जस्ता अफरहरु पनि ल्याएको छ। किताबहरुमा ३० प्रतिशत छुट, भायानेटक बिशेष अफर, फ्रिजमा ३१ प्रतिशत छुट, वासिंग मेसिनमा ३८ प्रतिशत सम्म छुट, एसेसरीजमा ८० प्रतिशतसम्म छुट, परफ्युममा २० देखि ५० प्रतिशतसम्म छुट, बार्बिक्युमा २८ प्रतिशतसम्म छुट दिएको छ ।

यति मात्र नभई, ३२ इन्चको स्मार्ट एन्डड्रोईड एलईडी टिभीलाई २१ हजार ९ सय ९९ मा बिक्रिमा राखेको छ ।यो कम्पनीको अर्को बिशेष आकर्षण भएको सीइओ थापा बताउछन् ।

कम्पनीले जुत्तामा ७० प्रतिशतसम्म, घर शृङ्गारको समानमा ४५ प्रतिशतसम्म, मोबाइल फोनमा ५२ प्रतिशतसम्म, क्यामेरामा २९ प्रतिशतसम्म र टाईमेक्स घडीमा फ्ल्याट २० प्रतिशत छुटको अफर राखेको छ । 

नेपालको जुनै जिल्लामा सामान पुर्याईदिने बताएको छ। उपत्यका भित्र डीलिभरी गर्दा चक्रपथ भित्र ५०, र बाहिर १०० रुपैयाँ कम्पनीले लिने गरेको छ । जिल्ला बाहिर भने दुरी अनुसार किलोको १०० रुपैयाँ लिने गरेको छ। 

अनलाइन, फेसबुक पेज, फोन, मोबाइल एप वा कार्यालय मै गएर समान अर्डर गर्न सक्ने र कार्यालय मै गएर सामान लिन सक्ने ब्यबस्था पनि कम्पनीले गरेको छ। दशैं लक्षित यो मेला २८ गतेसम्म चल्ने छ। साथै ग्राहकले आफ्नो समान अर्डर गरिसकेपछि त्यो खरिद आदेशको के भयो, सामान कहाँ पुग्यो भनेर ट्रयाक गर्न सक्नेछन। यो सुविधाले ग्राहकले आफुलाई पायक पर्ने स्थानबाट सहजै सस्तोडिलको सामान प्राप्त गर्न सक्नेछन। 

sastodeal.com


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved