ठुलो डटकममा दशैं धमाका: १ रुपैयाँमै जुत्ता र चीम, अन्तको भन्दा सामान महँगो दाबी गरे आकर्षक अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 02:04:16 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको अवसर विभिन्न अनलाइन सपिंग साइटहरुले ग्राहकको लागि आकर्षकको अफर लिएर आएका छन् ठुलो डटकमले ग्राहकहरुको लागि ठुलो दशैँको ठुलो धमाका ’ मार्फत ९० प्रतिशतसम्म छुट सहितका अफरहरु ल्याएको छ २००७ देखि संचालनमा आएको नेपबे डटकम पनि हाल ठुलो ग्रुप अफ कम्पनीज अन्तर्गत आएको हो 

ठुलो डटकमले १ रुपियाँ मै सामान पाइने अफरदेखि ९० प्रतिशतसम्म छुटका अफरहरु ल्याएको छ  कम्पनीले यस पटक १४ प्रकारका समान १ रुपैया मै बेच्ने जनाएको छ जस अनुसार कम्पनीले एलईडि चिम, जुत्ता र रंगिन कचौराहरु यस अफर अन्तर्गत बेचिसकेको छ यी अफर वेबसाइटमा कुनै पनि समय देखिन सक्ने र अर्डर सुरु भएपछि त्यसको स्टक रहन्जेल मात्र रहने ठुलो डटकमका जनरल म्यानेजर सुशील नेपालले बताए

त्यस्तै कम्पनीले फ्ल्यास सेल अन्तर्गत हरेक घण्टामा विभिन्न छुट सहितको अफर दिएको छ, जुन ग्राहकहरुले साइट खोल्ना साथ देख्न सक्ने छन् कम्पनीले आफैले आयात गरेर पनि समान बेच्दै आएको छ भने अन्य कम्पनीको समान पनि बिक्रि गरिरहेको छ कम्पनीले ग्राहकलाई फ्री कुपन, गिफ्ट भौचर लगायतका विभिन्न गिफ्ट पनि दिने गरेको छ

असोज २७ गते शनिवारसम्म चल्ने यस मेलामा ठुलो डटकमले   जुत्ता किन्दा लेडिज स्याण्डल फ्री, एउटा किन्दा अर्को सित्तैमा अफर पनि ल्याएको छ यस्तै कम्पनीले आफुले बेचेको सामान सबै भन्दा सस्तो भएको दाबी गरेको छ यदि आफुले बेचेको सामान अन्त कतै सो भन्दा कम मूल्यमा पाएमा र त्यसको प्रमाण पेश गरेमा ठुलो डटकमले त्यो प्रमाणमा भएको मूल्य भन्दा पनि कम मूल्यमा सामान घरमा पुर्याईदिने ब्यबस्थापक नेपालले बताए त्यस्तै कम्पनीले चक्रपथ भित्र ५० रुपैयाँमा समान डेलिभरी गर्ने र १००० भन्दा बढीको समान किनेमा सित्तैमा उपत्यका भित्र डिलिभरी गरिने कम्पनीले बताएको छ कम्पनीको समान अनलाइन मार्फत,, फोन, फेसबुकबाट पनि अर्डर गर्न सकिने छ छिट्टै कम्पनीको एप आउँन लागेको प्रबन्धक नेपालले बताएका छन सबै समानमा अफर रहेकोले के मा कति छुट छ भनेर साइट मै हेर्न सकिने नेपालले जानकारी दिए


"यदि हामीले बेचेको सामान भन्दा अन्त कतै सस्तो दिन्छ भने त्यसको प्रमाण पेश गर्नुहोस,  ठुलो डटकमले प्रमाणमा भएको भन्दा कम मूल्यमा त्यो सामान ग्राहकको घर मै  पुर्याईदिनेछ"

-सुशील नेपाल
जनरल म्यानेजर 
ठुलो डटकम





अन्य अनलाइन शपिंग साईटको तुलनामा केहि फरक रहेको ठुलो डटकमले ललितपुरको ज्वागलमा ठुलो पसल नामको पसल पनि संचालन गरेको छ यहाँ गएर पनि ग्राहकले सिधै समान खरिद गर्न सक्ने छन् । ठुलो डटकमबाट सामान खरिद गर्दा ग्राहकले ११ बाणिज्य बैंकको कार्डबाट साथै, पेपाल, भिजा कार्ड, ,मास्टर कार्ड तथा खल्तीबाट रकम तिर्न सक्ने छन्   

कम्पनीले अबको २ बर्ष भित्र एक व्यक्तिलाई बिहानदेखि बेलुकासम्म आवश्यक पर्ने सबै समान सिधै ग्राहकको घरमा पुर्याउने गरी काम गरिरहेको प्रबन्धक नेपालले बताए उनका अनुसार बिहान उठेदेखि जे जे आवश्यक पर्छ, त्यो सबै कम्पनीमा उपलब्ध हुनेछ र कम्पनीले नै ग्राहकको घरसम्म पुर्याईदिने छ त्यस्तै कम्पनीले अहिले नै ग्राहक कार्ड बनाएर आफ्ना नियमित ग्राहकलाई महिना भरी चाहिने वा हप्ता भारी चाहिने आवश्यक सामान डिलिभरी गर्दै आएको छ   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved