पब्लिक कम्पनीमा जाने बुद्ध एयरको घोषणा, सर्वसाधारणलाई ३० प्रतिशत शेयर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 08:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको आन्तरिक उडानको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरले पब्लिक कम्पनीमा रुपान्तरण भई सर्वसाधारणमा शेयर जारी गर्ने घोषणा गरेको छ  । बुद्ध एयरले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा संचालनमा आएपछि अन्तर्राष्ट्रिय उडान गर्ने र त्यसको ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने घोषणा गरेको हो 

कम्पनीले आज गरेको पत्रकार सम्मलेनमा बुद्धका प्रबन्धक निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडान पब्लिक कम्पनीमार्फत गर्ने जानकारी दिएका हुन् । उनले बुद्धको अन्तर्राष्ट्रिय उडान पब्लिक कम्पनीमार्फत हुने र त्यसमा कम्पनीले ३० प्रतिशत मात्र शेयर राखी बाँकि शेयर बिक्रि गर्ने योजना रहेको बताएका हुन् । उनका अनुसार कम्पनीले ३० प्रतिशत आफुसंग राखेर सर्वसाधारणलाई ३० प्रतिशत र ३० प्रतिशत अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई दिइने छ  । बाँकि १० प्रतिशत हवाई क्षेत्रमा आउन चाहने स्वदेशी संघ–संस्था या व्यक्तिले पाउने कम्पनीले बताएको छ ।

आन्तरिक उडान भने पब्लिकमा नजाने प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले स्पष्ट पारेका छन् ।

पोखरा विमानस्थल तीन वर्षपछि अर्थात् सन् २०२१ जुनमा सम्पन्न हुँदैछ । त्यसपछि कम्पनीले पोखराबाट नै अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको हो । अन्तर्राष्ट्रिय उडान सुरु गर्दा पहिलो चरणमा भारत र चीनका सहरमा उडान गंरे कम्पनीले जनाएको छ। 

बुद्धसँग हाल साना ठूला गरी ११ वटा विमान छन्। ७२ सिट क्षमताको ६ वटा एटिआर ७२–५००, ४७ सिट क्षमताको ३ वटा एटिआर ४२–३२० र १९ सिट क्षमताको २ वटा विचक्राफ्ट १९०० डी विमान छन्। कम्पनीले अन्तर्राष्ट्रिय उडानको लागि सकेसम्म ‘बोइङ७३७म्याक्स’ सिरिजका जहाज प्रयोग गर्ने जनाएको छ । तर आन्तरिक उडानमा जेट इन्जिनजडित प्रयोग नगर्ने कम्पनीले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved