श्याओमीको पोकोफोन एफवान नेपाली बजारमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 09:59:29 PM मा प्रकाशित

laxmi  sunrise bank

श्याओमीले एफवान स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। सार्वजनिक भएको एफवान, पोकोफोन ब्राण्डको पहिलो स्मार्टफोन हो।

अत्याधुनिक क्वालकोम स्नापड्रागन ८४५ प्लाटफर्म, प्रभावशाली लिक्विड कुल टेकनोलोजी कुलिङ्ग सिस्टम र ४ हजार एमएएचको ब्याट्री फोनको बिशेषता रहेको श्याओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले दावी गरे।

फोन कात्तिक २५ बाट ३४ हजार ९ सय ९९ मा किन्न सकिने कम्पनीले जनाएको छ। यसमा ६ जिबि ¥याम र ६४ जिबि रोम हुनेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved