पल्सर एनएस १६० बजारमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 06:36:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बजाज मोटरसाइकलको नेपालका लागी आधिकारीक बिक्रेता एचएच बजाजले पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले यो मोटरसाईकल २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा उपलब्ध रहेको जनाएको छ । 

नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक, मोटो ह्वील, मोटो टायर, च्येसीस र सकर पनि पहिलाको तुलनामा ठूलो बनाईएको कम्पनीले जनाएको छ । पल्सर एनएस  ट्वीन डिस्क १६०.३  सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन छ । नेपाली बजारमा यसको मूल्य २ लाख ८६  हजार ९ सय रुपैयाँ तोकिएको छ ।  

हंशराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले पल्सर एनएस १६० टिडिलाई परिवारको नयाँ सदस्यको रुपमा लिएको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved