आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोकले लैण्ड गाडीको नयाँ शाखा पोखराको स्वागत नगरमा सञ्चालनमा आएको छ । आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले थ्रि–एस सेल्स, ‘सर्भिस र स्पेयर्स’ सेटअपको संयुक्त उद्घाटन गरे ।
यस शाखाबाट ग्राहकहरुलाई थ्रि–एस ‘सेल्स, सर्भिस र स्पेयर्स’ को सेवा प्रदान गर्ने आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए ।
अशोकलेलैण्डले १ टनदेखि ४९ टन सम्मका सामान बोक्ने गाडीहरु, १६ सिटदेखि ७० सिट क्षमताका बसहरु तथा ४ क्युविक मिटरदेखि २२ क्युविक मिटर क्षमताका ट्रिप्पर, ट्रक, दमकल, आरएमसी, रिकभरी भेहिकल, पेट्रोल टयाङ्कर, डिफेन्स भेहिकल, ग्यासबुलेट लगायतका साधनहरु नेपालमा बिक्री गर्दै आएको छ ।