स्काईवर्थ टिभीलाई उत्कृष्ट प्रदर्शनको मान्यता, एकैपटक ४ अवार्डबाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 10:24:34 PM मा प्रकाशित

laxmi  sunrise bank

घरेलू उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित भएको छ। स्काईवर्थलाई २०१८–२०१९ शीर्ष ५० ग्लोबल सीईको ब्राण्ड, २०१८–२०१९ शीर्ष १० सीई ब्राण्ड, २०१८–२०१९ शीर्ष १० ग्लोबल टिभी ब्राण्ड अवार्डबाट सम्मान गरिएको हो। 

स्काईवर्थले घरेलू उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता प्राप्त गर्नुको साथै प्रोडक्ट अवार्ड, “द एआई स्मार्ट डियोल ईकोसिस्टम टिभी एक्सपिरेन्स गोल्ड अवाड” पनि प्राप्त गरेको छ।  

स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ, जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ । यसमा शक्तिशाली एत्त प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अध्भूत अनुभव सिर्जना गर्छ ।

स्काईवर्थले ८२” फ्लश माउन्ट टिभी, ६५” क्वासी पिक्सेल ब्याकलाइट टिभी ल्याएको छ । स्काईवर्थको ७७” ओएलईडी टिभी फिचर्ड डल्बी भिजन एचडिआर इमेजिंग टेक्नोलोजी छ जसले ७.१.४ डल्बी एटमस ईनेबलर होम थिएटर प्रणालीमा डेलिवरीले स्पेक्टकुलर र इमेन्स अनुभव दिन्छ । 

स्काईवर्थले  गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ । “ओपन, शेयर, ह्वइन–ह्वइन” को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved