रेनो डस्टर आरएक्सएस नेपालीबजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2019 | 12:14:43 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको नेपालका लागि आधिकारिक वितरक बिशाल ग्रुपको साहयक कम्पनी एड्भान्स अटोमोबाईलले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा सार्वजनिक गरेको छ । फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री शुरु गरेको थियो ।

रेनो डस्टर आरएक्सएस पेट्रोल भेरियन्टमा उपलब्ध छ । यसमा स्मार्ट फोन भ्वाइस पहिचान प्रणाली, यूएसबी र अक्स इन कनेक्टीभिटी र ७ इन्चको टच स्क्रीन इन्फोटेन्मेन्ट कम्प्याटिबल ब्लुटुथ जडान गरिएको छ । चाइल्ड सेफ्टी लक, पावर डोर लक लगायतका फिचर रहेका छन् । यसमा स्टीरिङ अडियो र फोन नियन्त्रण गर्ने, गियर रिडिङ ल्याम्प र जीपीएस नेभिगेसन जस्ता विशेषता रहेको छ । १.५ डीसीआई इन्जिनद्वारा संचालित डस्टर आरएक्सएसले ८५ एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । यसमा एयर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पवर सप्लाई पोर्ट, रियर आर्मरेष्ट, इलेक्ट्रीकल्ली एडजस्टेवल रियर भ्यू मिरर लगायतका विशेषता छन् ।

डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय ह्वीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वाशीलो पहुँच योग्य प्रिमियम एसयूभी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved