नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै, काठका उत्पादनबारे जानकारी दिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2019 | 11:36:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मिडिया स्पेश सोलुसन प्रालि र फ्युचरेक्क्स ट्रेड एण्ड फेयर इन्भेन्ट्सको संयुक्त आयोजनामा नेपाल उड अन्तराष्ट्रिय प्रदशन हुने भएको छ। काठमाडौंको भृकृटीमण्डपमा फागुन ०३, ०४ र ०५ गते हुने प्रदशनीमा संसार का विभिन्न देश का २०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १२० भन्दा बढि स्टल रहने आयोजकले जनाएको छ। 

स्टलमा फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरु ले काठ ब्यबसाय संग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराइनेछ। साथै यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउन को लागि यो प्रदर्शनी कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। 

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्याउने आयोजक मिडिया स्पेस सोलुसनले बिश्वास गरेको छ। दर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस् तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने छ। 

यस अन्तराष्ट्रिय प्रदर्शनीको मुल उदेश्य नेपालमा भएका उच्च दर्जाका काठहरु प्रयोग गरेर फनिर्चर तथा अरु सामाग्रीहरु बनाइ निर्यात गर्ने वातावरण बनाउनु रहेको बताइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved